लामाचौरमा अवैध काठसहित बोलेरो नियन्त्रणमा
पाेखरा | माघ १७, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित बोलेरो जीप नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले अवैध काठसहित लामाचौरतर्फ आउँदै गरेको बोलेरो जीप नियन्त्रणमा लिएको हो ।
पोखरा महानगपालिका–१९ भुनपुरेस्थित पुरनचौरबाट लामाचौरतर्फ आउँदै गरेको ग २ च ५३५७ नम्बरको बोलेरो जीप नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय कास्कीमा पठाएको कास्की प्रहरीले जनाएको छ ।
२ सय ७२ थान चिरुवा काठ (फल्याक) लोड गरेर लामाचौरतर्फ आउँदै गरेको जीप प्रहरीले चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कागजात नभएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय कास्कीमा बुझाएको प्रहरीले जनाएको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

